काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले साउन ६ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ३४.७८ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको जनाएको छ । जसमा १० कित्ता सेयर हुनेले ३.४७८३ कित्ता सेयरमा आवेदन दिन पाउनेछन् ।
प्रतिसेयर १०० रुपैयाँका दरले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँको ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर निष्काशन गर्ने जनाएको छ ।
हकप्रद सेयर निष्काशन गर्न लागेको कम्पनीले जेठ ३० गते बुकक्लोज गरेको छ । जेठ २९ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । हकप्रद सेयरमा साउन २६ गतेसम्म आवेदन दिन पाउनेछन् ।
यसको बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । हकप्रद सेयरमा धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ रहेको छ । हकप्रद निष्काशन पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ ।
FACEBOOK COMMENTS