काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको ड्र भएको छ । यस ड्रमा एपीएफ एफसीको ड्र समूह ‘बी’ मा भएको छ ।
समूह ‘बी’ मा एपीएफसहित थाइल्याण्डको कलेज अफ एसियन स्कलर्स, उज्वेकिस्तानको नसाफ र साउदी अरबको अल नासर छन् ।
प्रारम्भिक चरणमा २० क्लबले प्रतिस्पर्धा गर्दै छन् भने हरेक समूहका विजेता क्लब समूह चरणमा पुग्ने छन् । प्रारम्भिक चरणको समूह ‘बी’ का खेल आगामी अगस्तमा उज्वेकिस्तानमा हुने छन् ।
एपीएफले आफ्नो पहिलो खेल अगस्त २५ मा नसाफविरुद्ध खेल्ने छ भने दोस्रो खेल थाइल्याण्डको कलेज अफ एसियन स्कलर्ससँग र अगस्त ३१ मा अल नासरसँग खेल्ने तालिका छ ।
एपीएफ एन्फा महिला लिगको उपाधि जितेर महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण खेल्न छनोट भएको हो ।
FACEBOOK COMMENTS