काठमाडौं । नेपाली सेनामा हालै सहायक रथीबाट उपरथीमा बढुवा भएका रवीन्द्र खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले सैनिक मुख्याल जङ्गीअड्डामा आयोजित कार्यक्रममा उपरथी खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
पदोन्नतिसँगै उपरथी खत्री उपत्यका पृतना हेडक्वार्टरको पृतनापतिमा नियुक्त भएका छन् ।
कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथी, अधिकृतहरूका साथै पदोन्नति भएका रथीका परिवारजनको उपस्थिति थियो ।
FACEBOOK COMMENTS