काठमाडौं । दरमखोला हाइड्रो इनर्जी कम्पनीले निष्कासन गरेको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
आवेदनकर्ताले आज कार्यालय समयभित्र मात्रौ आवेदन दिन सक्नेछन् । कम्पनीले असार ९ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँको सेयर बिक्री गर्न अनुमति पाएको छ । जसमा १० लाख ३० हजार ५०० कित्ता सेयर आयोजना प्रभावित गुल्मी जिल्लाको मुसीकोट नगरपालिका, बाग्लुङ जिल्लाको गलकोट नगरपालिका र बाग्लुङ जिल्लाको बडीगाँउ गाँउपालीकाका स्थानीयलाई निष्कासन गरेको छ ।
२ लाख ९१ हजार १५० कित्ता सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् । दुवैमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित स्थानीयले ग्लोबल आइएमईको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गलकोठ शाखा, प्रभु बैंक गलकोट शाखा र दरम खोला पावरहाउसबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नृछन् । यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटलले गरेको छ ।
FACEBOOK COMMENTS