काठमाडौं । रसुवामा बाढी आउँदा हालसम्म नौ जनाको उद्धार गरिएको छ भने १८ जना वेपत्ता भएका छन् ।
वेपत्ता हुनेहरूमा तीन जना प्रहरी कर्मचारी, ६ जना चिनियाँ नागरिक र ९ जना सर्वसाधारण छन् ।
यस्तै, उद्धार गरिएकामा दुई जना सुरक्षाकर्मी र ७ जना सर्वसाधारण छन् । थप मानवीय क्षति हुन नदिने कुल १२० जना प्रहरी परिचालन गरिएको बताइएको छ ।
बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको छ भने ईभी चार्जिङ स्टेशनमा क्षति पुगेको छ । यस्तै, ७–८ वटा ईभी गाडी बगाएको अनुमान प्रहरीले गरेको छ ।
यसैगरी, भन्सार कार्यालय रसुवाको यार्ड र रसुवागढी हाइड्रोपावरमा पनि क्षति पुगेको छ । त्यस्तै, पासाङल्हामु सडक खण्डको गोसाईंकुण्ड–५ मा सडक चर्किदा धुन्चेदेखि टिमुरेसम्मको बाटो अवरुद्ध भएको छ ।
हेरौँ प्रहरीले उपलब्ध गराएको जानकारीमुलक यो विवरण–
FACEBOOK COMMENTS