काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले आजदेखि ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ ।
कम्पनीले १ः०.४२ अनुपातमा प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ सय रुपैयाँको १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
हकप्रद सेयर निष्कासन गरेको कम्पनीले जेठ १६ गते बुक क्लोज गरिसकेको छ । जेठ १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । हकप्रद सेयरमा लगानीकर्ताले साउन १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हकप्रद सेयरमा बिक्री प्रबन्धकका साथै नेपाल धितोपत्र बोर्डबाट सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासन पश्चात चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख रुपैयाँ पुग्नेछ ।
FACEBOOK COMMENTS