काठमाडौं । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले हालै काठमाडौंमा आफ्ना ड्राइभर पार्टनरहरूसँग ‘ड्राइभर्स मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्देश्य ड्राइभरहरूको मेहनत र समर्पणप्रति कृतज्ञता प्रकट गर्नुका साथै आपसी संवादलाई प्रोत्साहन गर्दै ‘छनोटको स्वतन्त्रता’ र ‘सामुदायिक सशक्तिकरण’ प्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउनु रहेको कम्पनीले जनाएको छ ।
स्थानीय ड्राइभर पार्टनर्स र इनड्राइभ टिमलाई एउटै थलोमा ल्याएको भेलाले प्रत्यक्ष अन्तरक्रिया, साझा अनुभव र सहयोगी छलफलका लागि अद्वितीय अवसर प्रदान गर्यो । कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने ड्राइभरहरूको सम्मान, एपीएसी नेतृत्वसँग प्रत्यक्ष प्रश्नोत्तर सत्र तथा भविष्यका सुधारबारे छलफलसमेत गरिएको थियो ।
इनड्राइभ एपीएसी क्षेत्रका ड्राइभर अपरेशन्स हेड निकोलाईले भने, ‘हाम्रो यात्राको सफलताको मूल कारण ड्राइभर पार्टनरहरू नै हुन् । यो भेटघाट कार्यक्रम उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने हाम्रो सानो प्रयास मात्र हो । अझ महत्वपूर्ण कुरा, यो अवसर उनीहरूको अनुभव सुन्ने, चुनौतीहरू बुझ्ने र सँगै सिक्दै अघि बढ्ने थलो हो ।’
उनले इनड्राइभलाई ‘पिपुल–फस्र्ट प्लेटफर्म’ को रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै छनोटको स्वतन्त्रता, पारदर्शिता र निष्पक्षतालाई मुख्य मूल्यका रूपमा अघि बढाइने बताए ।
कार्यक्रमले आगामी दिनमा प्लेटफर्म सुधार र ड्राइभरहरूको अनुभवलाई अझ सुदृढ पार्ने नयाँ सुविधाहरू र पहलहरूको समेत घोषणा गर्यो । इनड्राइभले टेक्नोलोजी र सेवामा नवप्रवर्तनमार्फत चालक–सहयोगीहरूको जीवनलाई अझ सहज, सुरक्षित र लाभदायक बनाउने योजना अघि सारेको छ ।
FACEBOOK COMMENTS