काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको सस्था, नेपाल (इप्पान) अब सङ्घीय संरचनामा जाने भएको छ ।
ऊर्जासँग सम्बन्धित देशभर क्रियाशील रहेका सबै संस्थाहरूलाई समेटेर संस्थालाई सङ्घीय संरचनामा लैजान लागिएको अध्यक्ष गणेश कार्कीले घोषणा गरे ।
साधारण सभाको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले भने, ‘ऊर्जा क्षेत्रमा क्रियाशील रहेका अन्य संस्थाहरूलाई समेत समेट्दै देश सङ्घीयतामा गएकाले सोहीअनुरूप संस्थाको प्रादेशिक रूपमा अघि बढाउने गरी यो साधारण सभाबाट संस्थालाई महासङ्घीय संरचनामा रूपान्तरण गर्ने योजना अघि बढाएको पनि यो साधारणसभामार्फत घोषणा समेत गर्दछु ।’
उनले यो प्रस्ताव आजै सञ्चालन हुने बन्दसत्रमा पेश गरिने र सभाले पारित गर्ने विश्वास व्यक्त गरे ।
बजेटबाट ‘टेक एण्ड पे’ हटाए पनि पीपीए नखुलाउने खेलमा विद्युत् प्राधिकरण लागेको छ : गणेश कार्की
FACEBOOK COMMENTS