काठमाडौं । प्रविधिमैत्री लजिस्टिक्स कम्पनी सारथि लजिस्टिक्स प्रालिले आजदेखि नेपालभर आफ्नो सेवा औपचारिक रूपमा सुरू गरेको छ । आधुनिक प्रविधि र पारदर्शितामार्फत नेपालको वस्तु आपूर्ति क्षेत्रमा नयाँ स्तरको सेवा प्रदान गर्ने सारथिको लक्ष्य छ ।
काठमाडौंको स्वयम्भूस्थित ठूलोभर्याङमा मुख्य कार्यालय रहेको सारथिले नारायणघाट, वीरगञ्ज, विराटनगर, बुटवल, भैरहवा, हेटौंडा, पोखरा, इटहरी र धनगढीमा शाखा कार्यालयहरूसहित १५ स्थानबाट सेवाको सुरूआत गर्दै छ, जसले गर्दा नेपालभर प्रभावकारी सेवा पुग्नेछ ।
सारथिले आंशिक तथा पूर्ण ट्रक लोड सेवा, कुरियर तथा पार्सल डेलिभरी, फ्लिट म्यानेजमेन्ट, वेयरहाउसिङ र वितरण, रिभर्स लजिस्टिक्स लगायतका सेवा प्रदान गर्छ । ग्राहकहरूले मोबाइल एप वा वेबसाइटमार्फत सजिलै ट्रक बुकिङ, रियल–टाइम ट्र्याकिङ र पारदर्शी सेवा प्राप्त गर्न सक्नेछन् ।
‘नेपालमा ढुवानी व्यवसायलाई प्राविधिक, पारदर्शी र सहज बनाउन सारथि स्थापना गरिएको हो,’ सारथिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार न्यौपाने भन्छन्, ‘हाम्रो लक्ष्य ढुवानी क्षेत्रलाई व्यवस्थित गर्दै व्यवसाय तथा आम उपभोक्तालाई भरपर्दो सेवा प्रदान गर्नु हो ।’
अनुभवी व्यवस्थापन टिम, आईटी विज्ञ र सीएद्वारा सञ्चालन हुने सारथिले नेपालभर सस्तो, भरपर्दो र प्रविधिमैत्री ढुवानी सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।
FACEBOOK COMMENTS