काठमाडाैं । इन्टर मियामीले अमेरिकन मेजर लिग सकर (MLS) अन्तर्गतको खेलमा एनवाई रेड बुल्सलाई एकतर्फी नतिजामा पराजित गरेको छ ।
आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले रेड बुल्सलाई ५–१ को फराकिलो अन्तरले हराएको हो ।
इन्टर मियामीको जितमा स्टार खेलाडी लियोनेल मेसी र टेलास्को सेगोभियाले २–२ गोल गर्दै टोलीलाई अग्रता दिलाए। यस्तै, डिफेन्डर जोर्डी अल्बाले पनि एक गोल गर्दै टोलीको जितमा योगदान दिए।
रेड बुल्सका लागि भने अलेक्जेन्डर ह्याकले एक मात्र सान्त्वना गोल गरेका थिए।
यो जितसँगै इन्टर मियामीले इस्टर्न कन्फेरेन्सको अंक तालिकामा २१ खेलबाट ४१ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ। उता, एनवाई रेड बुल्सले २४ खेलबाट ३३ अंक बटुलेको छ।
मेसीको उत्कृष्ट प्रदर्शनसहित इन्टर मियामीको जितले टोलीको प्लेअफ सम्भावना बलियो बनाएको विश्लेषकहरूले जनाएका छन्। मियामीको आक्रमण र समन्वय पछिल्ला खेलहरूमा प्रभावशाली देखिँदै गएको छ।
FACEBOOK COMMENTS