काठमाडौं । कवाडी व्यवसायीहरुले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएका छन् ।
शनिबार गृहमन्त्री लेखकलाई काठमाडौँ महानगरले विगत दुई बर्षदेखि गुन्डागर्दी शैलीमा कवाद व्यवसायीलाई कुटपिट गर्ने, अपहरण गर्ने, संरचना भत्काउने, संकलक र मजदुरका साइकल जफत गर्ने जस्ता काम गरेको बताउदै महानगरको ज्यादती तत्काल रोक्न आग्रह गरेको छ ।
‘हामी कवाडी व्यवसायीहरु नेपाल सरकारको प्रचलित कानून बमोजिम दर्ता रहि काठमाडौं महानगरपालिकाको विभिन्न वडाहरुमा कवाड व्यवसाय संचालन गर्दै आएका छौ । बर्षौ देखि कवाड व्यवसाय गर्दै आएका कवाड व्यवसायीहरुले सरकारलाई तिर्नु पर्ने सम्पुर्ण कर (राजस्व) तिर्दै आएका छौ’ ज्ञापनपत्रमा भनिएको छ ‘देशमा संचालीत उद्योगहरु स्टील, वियर तथा मदिराजन्य उद्योग, कागज, प्लाष्टिक, व्याट्री, मेटल उद्योगलाई चाहिने कच्चा पदार्थ कवाड व्यवसायीले आपूर्ती गर्दै आएको छ र देशको व्यापार घाटा कम गर्न कवाड व्यवसायको भुमिका रहेको छ ।’
हाल यो व्यवसायमा एक लाख मानिस प्रत्यक्ष रोजगारमा आवद्ध रहेको जानकारी गराए । काठमाडौं महानगरपालिकाले विगत २ वर्ष देखी आफ्ना प्रहरी परिचालन गरी गुण्डागर्दी सैलीमा कवाड व्यवसायी, संकलक मजदुरहरु माथी कुटपिट गर्ने, अपहरण गर्ने र कवाड व्यवसायीका संरचनाहरु भत्काउने, संकलक र मजदुरका साईकल र समान जफत गर्ने काम गरिरहेको जनाए ।
काठमाडौं महानगर प्रहरीको कुटपिटका कारण कवाड व्यवसायी र संकलहरुको टाउको फुटेको र अङ्गभङ्ग भएका छन् । खासगरी भन्ने हो भने काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले काठमाडौं महानगर बाट गरिब जनता गरीखाने वर्गलाई हटाउने खोजेको बताए ।
‘कवाड व्यवसायी र संकलक माथि भईरहेको यो प्रकारको महानगरको गुन्डागर्दी ज्यादतीलाई तत्काल रोक्न लगाई व्यवसायीको जिउधनको रक्षाको लागी हामी कवाड व्यवसायी माननीय गृह मन्त्री ज्यु समक्ष अनुरोध गर्न चाहन्छौ’ जारी विज्ञप्तिमा भनिएको छ ।
FACEBOOK COMMENTS