काठमाडौं । आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दै छ । त्यस्तै आज राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति ९संयुक्त०, २०८० को बैठक पनि बस्दैछ ।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग सम्बधित आ।व। २०८२र८३ को बजेटका लागि आयोगले दिएका सिफारिस र सुझाव तथा ती सुझाव र सिफारिस बजेटमा समावेश भएरनभएको अवस्था आयोगको आ।व। २०८२र८३ को वार्षिक बजेट तथा कार्यक्रम संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आयोगले सामना गरेका समस्या र चुनौती आयोगसँग सम्बन्धित समितिमा प्राप्त उजुरीको विषयमा छलफल हुने समितिले जनाएको छ ।
त्यस्तै दिउसो १ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ता सांसदहरुसँग छलफल हुने कार्यसूची रहेको छ ।
त्यसैगरी बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धमा विज्ञसँग अन्तर्क्रिया कार्यक्रम तथा छलफल हुने कार्यसूची रहेको छ । त्यसैगरी दिउसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा महालेखापरीक्षकको ६१ र ६२ औँ वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै बिहान ११ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति ९संयुक्त० को बैठकमा सिंहदरवारस्थित निर्माणाधिन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
FACEBOOK COMMENTS