काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले असार १६ गतेदेखि शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ४० करोड रुपैयाँको ४० लाख कित्ता हकप्रद सेयर निष्कासनमा गरेको हो ।
हकप्रद सेयमार जेठ ४ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउनेछन् । जेठ ५ गते बुक क्लोज गरिएको छ ।
यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । हकप्रदमा नबिल बैंकका छत्तर, म्याङलुङ, फेदापर संक्रान्तिबजारे शाखा कार्यालय तथा कुमारी बैंकको मेन्छियायम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यस्तै नेपाल धितोपत्र बोर्डबाट सी आश्वा बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन स्कनेछन् । हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ छ । हकप्रद निष्कासन पश्चात ८० करोड रुपैयाँ पुग्नेछ ।
FACEBOOK COMMENTS