काठमाडौं । कान्तिपुर सिटी कलेज (केसीसी) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको केसीसी एक्जिबिट २०२५ शुक्रबारबाट सुरु भएको छ ।
शुक्रबार कलेज परिसर, पुतलीसडक, काठमाडौंमा आयोजित समारोहमा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समुद्घाटन गरे ।
कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आजको दशक फाइभजी र एआइको भएको बताए । सरकारले फाइभजी प्रविधि यसै वर्षभित्र जडान गर्ने तयारी गरिरहेको उनले बताए । सरकारको एक वर्ष अनुभव मात्रै लिन पाएको भन्दै मन्त्री गुरुङले अब एक वर्ष काम गर्न पाए नेपाललाई प्रविधिमैत्री बनाउन सक्ने बताए । सरकारको सानो मात्रै डाटा सेन्टर रहेको भन्दै त्यसलाई ठूलो आकारमा बनाउनु पर्ने उनले बताए । आइटी पार्क एउटा पनि नभएको भन्दै उनले प्रविधियुक्त नेपाल विकासका लागि सरकारले काम गरिरहेको बताए ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नाष्ट० का सचिव डा. रवीन्द्र प्रसाद ढकालले इन्जिनियरहरुले मात्रै यो देशको मुहार फेर्न सक्ने बताए । इन्डस्ट्री र एकेडेमीलाई जोडेर अघि बढ्नु पर्ने उनले बताए । आविष्कारका क्षेत्रमा काम गर्ने युवाहरुलाई नाष्टले स्वागत गर्ने भन्दै उनले अनुसन्धान र आविष्कारका लागि पैसा र स्थान उपलब्ध गराउने जानकारी दिए ।
सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेलले केसीसीको यो एक्जिबिसनले धेरै नयाँ युवाहरुलाई प्रेरणा दिएको बताए । यो प्रदर्शनीले युवाहरुलाई अघि बढ्न सहयोग गर्ने उनको भनाइ छ । इन्डस्ट्री, एकेडेमिया र गभरमेन्टबीच समन्वय भएर अघि बढ्न सके देश समृद्ध बन्न समय नलाग्ने उनले बताए ।
क्यान महासंघकी अध्यक्ष सुश्री सुनैना पाण्डेले क्यान फेडेरेसनले ३२ वर्षदेखि यस्तै नयाँ प्रविधिको विकास क्यान इन्फोटेकमार्फत मात्रै हेर्न पाइने गरेकोमा पछिल्लो समय कलेजका विद्यार्थीहरुले नै नयाँ आविष्कार गरेर देखाउने गरेको उनले बताइन् । युवा विद्यार्थीहरुलाई आवश्यक सहयोग गर्न महासंघ तयार रहेको उनले बताइन् । एआइको विकास उच्च गतिमा भइरहेको भन्दै उनले सबै इनोभेसनमा एआइको प्रयोग गर्न पनि उनको सुझाव छ ।
व्यवस्थापन संघ ९म्यान० का महासचिव इन्द्र कुमार श्रेष्ठले विद्यार्थीहरुले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा रुपान्तरण गर्ने यो नै मौका भएको बताए । यस्ता व्यवहारिक ज्ञानले विद्यार्थीको व्यवस्थापकीय क्षमतामा पनि विकास गर्ने भएकोले भविष्यमा पनि यस्ता कार्यक्रम आयोजना हुनुपर्ने उनले बताए ।
कार्यक्रमको औचित्य र महत्वमाथि प्रकाश पार्दै प्रा. रामाकृष्ण रेग्मीले इनोभेसन, एक्जिबिट र इन्स्पायर नै प्रदर्शनीको मुख्य उद्देश्य रहेको बताए । नेपालमा एआइका प्रविधिहरुलाई कसरी असल अभ्यास गर्ने भन्ने विषयमा पनि कन्तिपुर सिटी कलेजले काम र अध्यापन गराइरहेको बताए । यो प्रदर्शनी केसीसीको मात्रै नभएर सबै कलेज र सरोकारवालाको भएको बताए । ूकेसीसीले एउटा डट्स कोरेको छ यो ग्लोबल्ली कनेक्ट हुन पनि सक्छ, हुनु पनि पर्छू उनले भने ।
सहभागीहरुलाई स्वागत गर्दै कलेजका प्राचार्य राजु कट्टेलले इनोभेसन, एक्जिबिट, इन्स्पायर भन्ने मूल नारासहित आयोजना हुने यो दुईदिने प्रदर्शनीले विद्यार्थीहरूका सिर्जनात्मक र व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्नुका साथै शैक्षिक क्षेत्र र उद्योग क्षेत्र बीचको सहकार्यलाई थप सशक्त बनाउने बताए ।
प्रदर्शनीमा ४० भन्दा बढी विद्यार्थी नेतृत्वका परियोजनाहरू प्रदर्शित गरिएको उनले जानकारी दिए । प्रदर्शनीमा कृत्रिम बुद्धिमत्ता ९एआइ०, इन्टरनेट अफ थिङ्स, सफ्टवेयर एप्लिकेसनहरू, वेबरमोबाइल एप्स, शैक्षिक प्लेटफर्म, सिभिल इञ्जिनियरिङ मोडलहरू, ट्राफिक व्यवस्थापन, भूकम्प प्रतिरोधी संरचनाहरू आदि समावेश भएको उनले बताए । त्यस्तै, बिबिए विद्यार्थीहरूद्वारा सञ्चालन गरिने ५ भन्दाबढी खाना स्टलहरूमार्फत स्थानीय तथा फ्युजन स्वादका परिकारहरू प्रस्तुत गरिएको उनको भनाइ छ ।।
कार्यक्रममा १० हजार भन्दा बढी अवलोकनकर्ताहरूको सहभागिता रहने कलेजले अपेक्षा गरेको छ । विद्यार्थी, शिक्षक, अभिभावक, उद्यमी, प्रविधि विशेषज्ञ, सञ्चारकर्मी र सर्वसाधारण सहभागी हुने प्रदर्शनी संयोजक ई। रवी श्रेष्ठले बताए । यो प्रदर्शनीले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मञ्च प्रदान गर्नुका साथै शैक्षिक क्षेत्रमा प्रवर्द्धन र उद्यमशीलताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको कलेजका उपनिर्देशक राजीव तिमल्सिनाले बताए ।
केसीसी पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त नेपालकै अग्रणी आईटी, इञ्जिनियरिङ् तथा व्यवस्थापन कलेज हो ।
FACEBOOK COMMENTS