काठमाडौँ । सम्पर्क कार्यालय खोल्न भन्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले घर भाडामा लिएकी छिन् ।
भण्डारीले नयाँ बानेश्वर नजिक थापागाउँमा रहेको चारतले भवन भाडामा लिएकी हुन् ।
२०४८ सालमा मदन भण्डारीले काठमाडौँबाट चुनाव लड्दा सम्पर्क कार्यालय राखेकै घरमा विद्याले सम्पर्क कार्यालय खोल्न लागेको उनीनिकट एक नेताले बताए।
उक्त घर पूर्वउपमेयर विदुर मैनालीको भएको बताइएको छ ।
विद्या भण्डारीका स्वकीय सचिव राजकुमार राईले भने मदन भण्डारी हिरक जयन्ती मूल समारोह समितिको कार्यालयका लागि उक्त भवन भाडामा लिएको दाबी गरे ।
एमाले अध्यक्ष केपी ओलीको अनिच्छाकाबिच भण्डारीले सक्रिय राजनीतिमा आउने घोषणा गरेकी थिइन् ।
सो घोषणापछि एमालेले उनको सदस्यता नै नवीकरण नगर्ने निर्णय गरेर पार्टीमा रोक्ने प्रयास थियो । तर पनि विद्याले आफ्नो गतिविधि नछाडेकी हुन् ।
FACEBOOK COMMENTS