धनगढी । कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट हुदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबारदेखि नै भएको झडप गएराती एक्कासी बढेपछि एक जनाको मृत्यु भएको र करिब ५० जना घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
हाल मृतकको पहिचान तत्काल खुलाइएको छैन भने घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
अहिले सेती प्रादेशिक अस्पतालमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कारागारको ए र बी ब्लकका कैदीबीच झडप भएको बताइएको छ ।
FACEBOOK COMMENTS