काठमाडौं । फेब्रुअरी २००९ देखि नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरकको रूपमा कार्यरत लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नवीनता र ग्राहक सन्तुष्टिप्रति अडिग प्रतिबद्धतासँग एक बलियो र सम्मानित धरोहर निर्माण गरेको छ ।
हुन्डाई नेपालले सुरुवातमा एक विश्वासनीय आयातकको रूपमा आफ्नो यात्रा आरम्भ गरेको थियो, र अब यो घर–घरमा चिनिने नाम बनिसकेको छ । विगतका वर्षहरूमा यसले सेन्ट्रो, ग्राण्ड आई–टेन, एनआईओएस, आई–ट्वान्टी, अउरा, भेन्यु, भेर्ना, क्रेटा, टक्सन, सन्टा फि र पलिसेडजस्ता लोकप्रिय मोडेलहरू बजारमा ल्याएको छ ।
यसका साथै आयोनिक–फइभ इलेक्ट्रिक, कोना इलेक्ट्रिक र क्रेटा इलेक्ट्रिक जस्ता आधुनिक विद्युतीय सवारीसाधनहरू पनि उपलब्ध छन्, जसले भरपर्दोपन, इन्धन बचत र स्थायित्वका लागि परिचित बनाएका छन् ।
ग्राहकलाई उच्च प्राथमिकता दिँदै, कम्पनीले आधुनिक र पूर्ण सुविधा सम्पन्न शोरूम, अत्याधुनिक सर्भिस सुविधा, र ललितपुरस्थित नेपालको पहिलो हुन्डाई ट्रेनिङ एकेडेमीमा तालिमप्राप्त प्रमाणित प्राविधिकहरूको बलियो संयन्त्र सञ्चालनमा ल्याएको छ । यसले बिक्री पश्चात सेवालाई अझ सहज, भरपर्दो र दीर्घकालसम्म सन्तोषजनक बनाएको छ ।
२८ गते वैशाख २०८१ सालमा लक्ष्मी मोटर कर्पोरेसन, लक्ष्मी ग्रुपको सहायक कम्पनीले रामग्राम, परासीमा नेपालको पहिलो कार असेंबली प्लान्टको उद्घाटन गरी नेपालमा उत्पादन गरिएका हुन्डाई सवारीसाधनहरूको युगको सुरुवात गरेको हो ।
भन्यु मोडेलसँग उत्पादन शुरू भएको थियो, र पछि क्रेटा मोडेलको उत्पादन पनि सुरू गरिएको छ । भविष्यमा थप मोडेलहरूको उत्पादन गर्ने योजना रहेको कम्पनीले जनाएको छ । यस उपलब्धिले नेपालका अटोमोटिभ उद्योगमा नयाँ युगको सुरुवात गर्दै, स्थानिय निर्माण र राष्ट्रिय गर्वको प्रवर्द्धन गरेको छ । यस सफलता र गतिबाट, हुन्डाईले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा अभूतपूर्व ग्राहक प्रतिक्रिया प्राप्त गर्यो, जसले यसलाई नेपालका एक विश्वासनीय र सम्मानित ब्राण्डको रूपमा अझ मजबुत बनाएको छ ।
सन् २००९ मा विश्वसनीय आयातकर्ताको रूपमा सुरु भएको हुन्डाई नेपालको यात्रा आजको ‘मेड इन नेपाल’ उपलब्धिसम्म, दृष्टि, दृढता र ग्राहक सन्तुष्टिप्रतिको अटुट प्रतिबद्धताको प्रतीक हो । भविष्यतर्फ अघि बढ्दै, हुन्डाई नेपाल जीवनलाई समृद्ध बनाउने र नेपालको अटोमोबाइल उद्योगलाई नयाँ उचाइमा पुर्याउने उत्कृष्ट मोबिलिटी समाधानहरू उपलब्ध गराउने लक्ष्यमा दृढ छ ।
FACEBOOK COMMENTS