काठमाडौं । फोटोन नेपालले देशभरका सबै आधिकारिक सर्भिस सेन्टरहरूमा आफ्नो बृहत् मेगा मनसुन सर्भिस क्याम्प औपचारिक रूपमा सुरु गरेको छ ।
यस पहलको उद्देश्य फोटोन सवारी धनीहरूलाई वर्षायामका चुनौतीपूर्ण परिस्थितिका लागि सवारीलाई तयारी अवस्थामा राख्न सहयोग गर्नुका साथै सुरक्षा र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्नु हो ।
यो विस्तृत सर्भिस कार्यक्रमले पिकअप ट्रक, इलेक्ट्रिक भ्यान, मिनी ट्रकदेखि लिएर हेभी कमर्सियल गाडीसम्मका सबै फोटोन सवारी साधनलाई समेट्छ ।
सहभागीहरूले क्याम्प अवधिभर स्पेयर पाट्र्स, सर्भिस चार्ज र लुब्रिकेन्टमा १५% सम्म छुटको फाइदा लिन सक्नेछन् । प्याकेजमा नि:शुल्क सवारी वाश र ग्रीजिङ सेवा समेत समावेश छ, जुन वर्षायामको हिलो सडकमा विशेष लाभदायक हुनेछ ।
साथै, ग्राहकहरूका लागि नि:शुल्क आँखाको स्वास्थ्य परीक्षण पनि उपलब्ध हुनेछ, जसले सवारीसाधन मात्र होइन, चालकको सम्पूर्ण स्वास्थ्यप्रति पनि फोटोनको प्रतिबद्धतालाई मजबुत बनाउँछ ।
फोटोन टोटल केयरका दक्ष प्राविधिकहरूले प्रत्येक सर्भिस स्टेसनमा नि:शुल्क विस्तृत सवारी परीक्षण गर्नेछन् । यी जाँचहरूले पावरट्रेन, इलेक्ट्रिकल कम्पोनेन्ट, चेसिस र संरचनात्मक भागसहितका सबै महत्वपूर्ण प्रणालीलाई समेट्नेछन्, जसले सवारीलाई पूर्ण रूपमा तयार अवस्थामा राख्छ ।
यो सर्भिस क्याम्पको समय वर्षायाममा व्यावसायिक तथा व्यक्तिगत दुवै प्रकारका सवारीहरूमा ज्यादा आइपर्ने समस्यालाई ध्यानमा राखेर तय गरिएको हो । यसमा सहभागी भएर गाडी धनीहरूले सवारीको भरपर्दो सञ्चालन कायम राख्न र प्रतिकुल मौसममा आइपर्ने आकस्मिक मेकानिकल खराबीहरूबाट बच्न सक्नेछन् ।
यो अभियान गुणस्तरीय सर्भिस, अथेन्टिक पाट्र्स र दक्ष प्राविधिकहरू मार्फत व्यापक आफ्टर सेल्स सर्भिस र ग्राहक सेवाप्रति फोटोनले दर्शाएको प्रतिबद्धताको उदाहरण हो ।
मेगा मनसुन सर्भिस क्याम्प दुई महिनासम्म नेपालभरका आधिकारिक सर्भिस नेटवर्कमा सञ्चालन हुनेछ । फोटोनले सबै सवारी धनीलाई यस विशेष अवसरको उपयोग गर्न प्रोत्साहित गर्दछ । जानकारी र बुकिङका लागि ग्राहकहरूले फोटोन टोटल केयर टोलीलाई ९८०२३६७५०१ वा ९८५१४१७१२२ मा सम्पर्क गर्न सक्नेछन् ।
तपाईंको सवारीलाई आवश्यक हेरचाह दिनुहोस् । मेगा मनसुन सर्भिस क्याम्पमा आउनुहोस् र वर्षायामभर सुरक्षा र भरोसाको अनुभव गर्नुहोस् ।
एमएडब्लू वृद्धि कमर्सियलबारे
एमएडब्लू वृद्धि कमर्शियल नेपालमा फोटोनको आधिकारिक वितरक हो, जुन विश्वमा लोकप्रिय व्यावसायिक सवारी, प्यासेन्जर सवारी र न्यू इनर्जी सोलुसन्समा विशेषज्ञता राख्ने अटोमोबाइल ब्रान्ड हो । गुणस्तर, दिगोपन र इनोभेसनमा समर्पित एमएडब्लू वृद्धि कमर्शियलले प्रोफेसनल आफ्टर सेल्स सर्भिस र देशभर फैलिएको बलियो नेटवर्कमार्फत नेपालमा फोटोनका विश्वस्तरीय उत्पादनहरू प्रस्तुत गरेको छ ।
व्यवसायिक गतिविधिलाई गतिशील बनाउन अग्रणी भूमिका खेलिरहेको यस कम्पनीले नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ मापदण्डहरू कायम गरिरहेको छ ।
FACEBOOK COMMENTS