काठमाडौं । फोटोन नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रालिले चितवन अटोशो २०२६ मा प्रभावशाली उपस्थिति जनाउने तयारी गरिरहेको छ।
कम्पनी यहि वैशाख १७ देखि २१ सम्म भरतपुरस्थित चितवन एक्स्पो सेन्टरको हल नं. ०३ (कमर्शियल) को स्टल नं०३ मा सहभागी हुनेछ। ईभी भ्यान, टीएमवान र पिकअप सेग्मेन्टमा इभेन्ट–विशेष अफरसहित फोटोन नेपालले यस वर्षको शोमा सबैभन्दा चर्चित कमर्शियल मोबिलिटी गन्तव्य बन्ने लक्ष्य राखेको छ।
फोटोनको स्टलमा आउने आगन्तुकहरूले विभिन्न सवारी साधनहरूको आकर्षक रेन्ज अवलोकन गर्न सक्नेछन्, जसमा यस इभेन्टमै मात्र उपलब्ध हुने विशेष अफरहरू समावेश छन्।
फोटोन हाइ रूफ ईभी भ्यान (सिएडिए मूल्य: रु. ५३,४९,०००) र लो रूफ ईभी भ्यान (सिएडिए मूल्य: रु. ४८,४९,०००) सँग फ्यामिली रिट्रीट प्याकेज, ५५ इन्च एलईडी टिभी, नगद रेफरल बोनस तथा आकर्षक गिफ्ट ह्याम्परहरू उपलब्ध छन्। सोकोन ईभी भ्यान (सिएडिए
मूल्य: रु. ३९,९९,०००) मा पनि यिनै सुविधाहरू समावेश छन्। यी तीनै ईभी मोडलहरूमा वास्तविक नगद छुट भने कार्यक्रममै सार्वजनिक गरिनेछ, जसले स्टल नं. ०३ मा आउने आगन्तुकहरूका लागि थप उत्साह र उत्सुकता बढाउनेछ।

बहुउपयोगी सवारी साधन खोज्ने ग्राहकहरूका लागि फोटोन (सिएडिए मूल्य: रु. २८,४९,०००) मा आकर्षक नगद छुट र गिफ्ट ह्याम्पर उपलब्ध छन्, जसको अन्तिम छुट पनि कार्यक्रममै घोषणा गरिनेछ। त्यस्तै, फोटोन पिकअपमा पहिलो वर्षका लागि शून्य प्रतिशत ब्याजदरको सुविधा र आकर्षक गिफ्ट ह्याम्परहरू उपलब्ध छन्, जसले व्यवसायी तथा उद्यमीहरूका लागि प्रारम्भिक लगानीको भार कम गर्दै भरपर्दो कमर्शियल गाडी किन्न सहज बनाउने छ।

यी अफरहरूको पछाडि एमएडब्लू वृद्धिको देशव्यापी नेटवर्कको भरोसा र पहुँच रहेको छ। फोटोनका ग्राहकहरूले १७१ भन्दा बढी ईभी चार्जिङ स्टेशन, १४ भन्दा बढी आउटलेट भएको अफ्टर–सेल्स सर्भिस नेटवर्क, जेन्युइन स्पेयर पाट्र्सको उपलब्धता, लचिलो फाइनान्सिङ सुविधा तथा देशभरको सहज पहुँचबाट दीर्घकालीन स्वामित्वमा आत्मविश्वास पाउने छन्।

फोटोन नेपालले चितवन तथा आसपासका उद्यमी, परिवार, फ्लिट अपरेटर र कमर्शियल ग्राहकहरूलाई स्टलमा आएर इभेन्टमा उपलब्ध विशेष मूल्यबारे जानकारी लिन आमन्त्रण गरेको छ। चीनको नम्बर १ कमर्शियल भेहिकल ब्रान्डको प्रतिनिधित्व गर्दै फोटोन नेपाल चितवनको यस वर्षकै सबैभन्दा ठूलो अटोमोटिभ कार्यक्रममा भविष्य–उन्मुख मोबिलिटी सोलुसन्स प्रस्तुत गर्न तयार छ।