काठमाडौं । अमुदी फुड्सले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । यो कम्पनीले हाल यूएनमी चिज रिङ्गस्, चिज बल उत्पादन गर्ने गरेको छ ।
प्रतिकित्ता सय रुपैयाँका दरले २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । यसको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
आईपीओ निष्कासन गर्न कम्पनी र क्यापिटलबीच सम्झौता भएको छ । अमुदी फुड्सको तर्फबाट अध्यक्ष अच्युत बस्नेत र ग्लोबल आइएमई क्यापिटलको तर्फका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । अमुदी फुड्सले यूएनमी ब्रान्डका गुणस्तरीय स्न्याक्स उत्पादन गर्दै आएको छ ।
FACEBOOK COMMENTS