काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले गत आवको असाार मसान्तसम्म ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १३ हजार १७५.८९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले २ करोड ८४ लाख २० हजार रुपैयाँ नाफा कमाएको थियो ।
असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १६.८२ प्रतिशतले बढेर १० अर्ब ८ करोड ७१ लाख ५१ हजार रुपैयाँ पुगेको छ । यस्तै बैंकको सञ्चालन नाफा ६९२.४३ प्रतिशतले बढेर ५ अर्ब ४१ करोड ५८ लाख ८६ हजार रुपैयाँ रहेको छ । बैंकको इम्पेरमेन्ट चार्ज अघिल्लो आवको असार मसान्तमा ४ अर्ब ७५ करोड ५२ लाख ५८ हजार रहेको थियो । गत आवको सोही अवधिमा १ अर्ब १३ करोड ५५ लाख ९७ हजार रहेको छ ।
बैंकको वितरयोग्य नाफा ४४ करोड ९० लाख ८९ हजार रुपैयाँ ऋणात्मक छ । लाभांश दिने क्षमता पनि ३ रुपैयाँ ६ पैसा ऋणात्मक छ । बैंकको प्रति सेयर आम्दानी २५।६८ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ २५९।८१ रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जा ४.३३ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगेको छ । १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २३ अर्ब ४८ करोड २९ लाख ५९ हजार रुपैयाँ छ । ३ खर्ब ३२ अर्ब २ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ अर्ब २१ अर्ब ७० करोड ३४ लाख ८५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
FACEBOOK COMMENTS