काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आम नागरिकलाई थप सुविधा हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।
आइतबार गृहमन्त्रालयमा आर्थिक बर्ष २०८२्०८३ को लागि मन्त्रालयका गृह सचिव एवं संगठन प्रमुख, महाशाखा र विभागीय प्रमुखहरुसित कार्यसम्पादन सम्झौता गर्दै गृहमन्त्री लेखकले लागूऔषध, सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम नियन्त्रणमा पहिलो बर्ष काम भएपनि परिणाम आउन समय लाग्ने बताए ।
उनले भने– ’लागूऔषध, सडक दुर्घटना, साइबरक्राइम, आत्महत्या गरी चार वटै विषय अहिलेका नयाँ चुनौती हुन । विशेष रुपमा काम भएको छ परिणाम आउन थोरै समय लाग्ला । यो वर्ष परिणाम दिनेगरी काम गर्नुपर्छ ।’
त्यसैगरी पश्चिम नेपाल भूकम्पको विस्तृत क्षति आँकलन भइरहेको भन्दै चालु आर्थिक बर्षभित्र पुर्ननिर्माण सक्ने गरी काम गर्न निर्देशन समेत दिए । उनले गत आर्थिक बर्षमा तोकिएको माइलस्टोनमा गृह मन्त्रालयले ८८ प्रतिशत प्रगति गरेकोप्रति बधाई एवं धन्यवाद ज्ञापन गरे ।
उनले भने– ’अहिलेको आवश्यकता अनुसार थप नयाँ कुरा के गर्न सकिन्छ, नीति, योजना तयार गरेर अघि बढ्नुस । सिमित स्रोत साधन, जनशक्ति र बजेटको सिमाभित्र बसेर काम गर्नुपर्छ ।
कार्य सम्पादन सामुहिक काम भएको बताउँदै उनले जस–अपजस सामुहिक रुपले लिनुपर्नेमा जोड दिए । त्यसैगरी मन्त्रालयको नेतृत्वमा आउदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्वन्धी विधयेक अघि बढाएको बताउँदै प्रतिनिधी सभामा केही जटिलताका कारण रोकिएको बताए ।
उनले भने– ’पाइपलाइनमा रहेका कानून्विधयेक यो महिनाभित्र प्रतिनिधि सभामा दर्ता गर्ने गरी काम अगाढी बढाउनुस । मन्त्रालयको नीतिगत र कानूनी सुधार हाम्रो प्राथमिकताको विषय हो, सोही अनुसार काम अघि बढेको छ ।
FACEBOOK COMMENTS