काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ । तथापि, बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहीरहेको जानकारी दिएको छ ।
हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेशमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहेको छ भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको थोरै स्थानमा मध्यम वर्षा तथा कर्णाली प्रदेश र मधेश प्रदेशका एक(दुई स्थानहरूमा हल्का वर्षा भईरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानहरूमा र मधेश प्रदेशको तराईको एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भु(भागका एक दुई स्थानमा भारी बर्षाको सम्भाबना रहेको छ।
महाशाखाले आगामी २४ घण्टा कोशी प्रदेशको तराई भू(भाग तथा बागमती र गण्डकी प्रदेशका पहाडी भु(भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS