चीनको सेन्जेनमा सम्पन्न भएको वर्ल्ड स्कलर्स कप९२०२५ को ग्लोबल राउन्डमा युरो स्कुल छाउनीका विद्यार्थीहरूले ऐतिहासिक सफलता हासिल गर्न सफल भएका छन्।
विद्यालयबाट सहभागी भएका कुल १९ जना विद्यार्थीहरूको टोलीले ५१ स्वर्ण र ६१ रजत पदक प्राप्त गर्दै अमेरिकास्थित येल विश्वविद्यालयमा आयोजना हुने प्रतिष्ठित टुर्नामेन्ट अफ च्याम्पियन्स९२०२५ का लागि आफ्नो स्थान सुरक्षित गरेका छन्।
पहिलो पटक प्रतियोगीतामा सहभागिता जनाएको युरो स्कुल छाउनीका विद्यार्थीहरूले उत्कृष्ट नतिजासहित उच्च दक्षता प्रदर्शन गरेका छन् ।
कक्षा ८ की छात्रा, आरुषी श्रेष्ठले लेखन प्रतिस्पर्धामा चौथो स्थान हासिल गर्दै ८ स्वर्ण र ३ रजत पदक जित्दै आफ्नो बेजोड प्रतिभा प्रस्तुत गरिन् ।
उनले चित्रकला विषयमा समेत उत्कृष्ट क्षमता प्रदर्शन गर्न सफल रहिन् भने उनी सहभागी रहेको अदिति सुवेदी र लिजा पराजुलीसमेतको संयुक्त टोलीले सामुहिक लेखनमा तेस्रो स्थान प्राप्त गर्दै समग्रमा १५औं स्थान हासिल गर्न सफल भयो ।
स्कलर्स कप ९२०२५ को ग्लोबल राउन्डको प्रतिस्पर्धा निकै रोचक र चुनौतीपूर्ण रहेको विद्यालयबाट उक्त कार्यक्रममा सहभागी प्रधानाध्यापक रोहिणी प्रधानले बताउनुभयो ।
प्रतिस्पर्धामा युरो स्कुल छाउनीले आफ्नो प्रतिभा, सिर्जनशीलता र आत्मविश्वासमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउदै विद्यालय परिवारलाई र अभिभावकहरूसमेतलाई गौरवान्वित बनाउन सफल रहेको छ।
युरो स्कुल छाउनीले यस्ता अन्तर्राष्ट्रिय अवसरहरूले विद्यार्थीहरूमा नेतृत्व क्षमता, आलोचनात्मक सोच रविश्वसमुदायमा प्रतिस्पर्धा गर्न सक्ने उच्चस्तरीय क्षमताको विकास हुने धारणा व्यक्त गरेको छ ।
आगामी नोभेम्बेर ६९१२ मा अमेरिकाको प्रख्यात येल विश्वविद्यालयमा हुने टुर्नामेन्ट अफ च्याम्पियन्समा सहभागी हुन युरो स्कुल छाउनीबाट टुर्नामेन्ट अफ च्याम्पियन्सको लागि विजयी विजेता टोलीका १३ जना सदस्यर अभिभावकसमेत अमेरिका प्रस्थान गर्ने तयारीमा रहेको बताइएको छ ।
FACEBOOK COMMENTS