सुशील क्षेत्री
जनरल म्यानेजर, सीजी मोटर्स
नाडा अटो शोको यो ऐतिहासिक श्रृङ्खलामा सीजी मोटर्सको उपस्थिति कस्तो छ ?
हरेक वर्ष जस्तै हामी आफ्नो ब्रान्डलाई अझ एक स्तर माथि लैजानेगरी यो अटो शोमा सहभागी भएका छौँ । यस वर्ष पनि नाडा अटो शोमा हामीले प्रविधि, सुरक्षा र उत्पादनका दभकत–ष्ल–कभनmभलत तथा ाष्चकत–अबिकक सुविधाहरूलाई अझ नजिकबाट प्रस्तुत गर्ने उद्देश्य राखेका छौँ । हामी चाहन्छौँ कि दर्शक र ग्राहकहरूले हाम्रो गाडीबारे अझ गहिरो जानकारी पाउन सक्नुहुनेछ, ताकि उहाँहरूले केवल हेर्ने मात्र होइन, अनुभव गर्ने मौका पनि पाउनुहुनेछ । यस वर्षको सहभागिता हाम्रो ब्रान्डलाई अर्को स्तरमा पुर्याउने महत्वपूर्ण कदम हुनेछ ।
कुन कुन ब्राण्डका के कस्ता नयाँ प्रडक्टहरू वा प्रविधिहरू शोकेस गर्नुभएको छ ?
यस वर्षको नाडा अटो शोमा सीजी मोटर्सअन्तर्गत रहेका आयोन, एक्स्पेङ जी–सिक्स, रिडारा, हिरो (दुईपाङ्ग्रे) र किङलङ १९ सिटरजस्ता प्रडक्टहरू जो नेपाली बजारमा आफ्नो प्रभुत्व जमाउन सफल भइसकेका छन् । तीनै महत्वपूर्ण प्रडक्टहरूलाई हामीले नाडा अटो शो २०८२ मा प्रदर्शन गरेका छौँ । यी प्रत्येक ब्राण्डले आफ्ना नयाँ मोडेलहरू र अत्याधुनिक प्रविधिहरू दर्शकहरू समक्ष प्रस्तुत गर्नेछन् ।
शोकेस गरिएकामध्येकै सबैभन्दा सशक्त ब्राण्ड र प्रडक्ट कुन हो ? र त्यसको विशेषताहरू के–के हुन् ?
यस वर्षको नाडा अटो शोमा सीजी मोटर्सका शोकेसमध्ये सबैभन्दा सशक्त मोडेलहरूमा आयोन–भी, एक्सपेङ जी–सिक्स, रिडारा र किङलोङ आफैंमा सशक्त र महत्वपूर्ण ब्राण्ड वा प्रडक्ट हुन् । आयोन–भी बेस्ट इन सेगमेन्टको ईभी कार हो । जसले ६५० किलोमिटर रेञ्ज दिन्छ भने ७५ दशमलव ३ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ । रेफ्रिजेरेटरसहितको यो कार नेपालमा धेरैले रुचाउनुहुने विश्वास गरेका छौँ ।
यस्तै, एक्सपेङ पनि बेस्ट इन सेगमेन्टमा ल्याएका छौँ । १४० एनएम टर्क, अटो पाइलट फिचर, फाइभ सिटर युरो एनसीएपी सेफ्टी रेटिङ, ५०:५० वेट डिस्ट्रिब्युसन यो कारको विशेषताहरू हुन् । साथै यो कारमा हिटेड स्टेरिङ, हिटिङ सिट्स, ड्राइभ अडिओ मोड र विभिन्न २९ वटा सेन्सर रहेका छन् । त्यसैगरी, बेस्ट इन सेगमेन्टको रिडारा फोरडब्ल्यूडीमा एड्भान्स अफरोड क्यापाबिलिटी, लङ रेञ्ज ब्याट्री प्रफमेन्स, ३६० डिग्री रोटेशन, अल टेरेन ड्राइभ मोड्स विथ इन्टेलिजेन्ट कन्ट्रोललगायत विशेषताले यो पूर्ण छ ।
त्यस्तै, किङलोङ १९ सिटरको विशेषता धेरैले थाहा पाइसक्नुभएको छ । किनभने यो नेपाली बजारमा सार्वजनिक यातायातको रूपमा राम्रो प्रभाव जमाइसकेको प्रडक्ट हो । यसमा आरामदायी सिट र प्यासेञ्जर सेफ्टी फिचरहरू रहेका छन् । यो सिटी र इन्टरसिटी ट्राभलका लागि असाध्यै उपयोगी गाडी हो ।
दसैँ पनि नजिकएको छ । अटोमोबाइल व्यवसायीको ठूलो उत्सव नाडा अटो शो पनि सुरू भएको छ । ग्राहकहरूले स्किम र मूल्यबारे के–कस्तो ‘सप्राइज’ पाउँदैछन् ?
यस वर्षको नाडा अटो शो र दसैँ स्किम ग्राहकहरूका लागि निकै आकर्षक हुनेछ । खरिद प्रक्रिया अझ सजिलो र सुविधाजनक मात्र होइन, ग्राहकहरूलाई सचेत र आत्मविश्वासी बनाउने खालका अफरहरू रहेका छन् । यही कारणले यो पटकको अफरहरू साँच्चिकै ‘सरप्राइजिङ’ नै हुने विश्वास लिएका छौँ ।
तपाइँहरू यो अटो शोलाई बिक्रीका रूपमा वा ब्राण्ड प्रवर्द्धन कुन विषयलाई प्राथमिकता दिँदै हुनुहुन्छ ?
यस अटो शोमा हाम्रो मुख्य उद्देश्य ब्राण्ड प्रमोशन हो । हामी आफ्नो उत्पादनका नयाँ प्रविधि र सुरक्षा र आफ्टर सेल्स सर्भिस सुविधाहरूलाई बढी प्राथमिकता दिँदै ग्राहकसँगको विश्वासलाई अझ मजबुत बनाउन चाहन्छौँ ।
नेपाली बजारमा सीजी मोटर्सले आयात गरेका गाडीहरूलाई कसरी प्रतिस्पर्धी बनाइरहनुभएको छ ?
उन्नत प्रविधि, एआई फङ्शन, उच्च सङ्ख्यामा २६० भन्दा बढी चार्जिङ्ग इन्फ्रास्ट्रक्चर उपलब्ध गराएका छौँ । साथै, हरेक सेग्मेन्टका गाडीहरू मूल्य अनुसार उपलब्ध छन् र सुविधाहरू पनि ग्राहकको आवश्यकता अनुसार मिलाइएको छ ।
ईभी सेग्मेन्टमा सीजी मोटर्सको प्रगतिलाई तपाईं कसरी मूल्याङ्कन गरिरहनुभएको छ ?
हाम्रो प्रगति उत्कृष्ट छ । यसको मुख्य कारण हो उन्नत प्रविधि, एआई फङ्शन, उच्च सङ्ख्यामा चार्जिङ्ग इन्फ्रास्ट्रक्चर र हरेक सेग्मेन्टका गाडीहरूको उपलब्धता । प्रत्येक वर्ष हामी ग्राहकको सुविधा र अनुभवलाई ध्यानमा राखी सबै सुविधाहरूलाई अझ उन्नत बनाउँदै एक स्तर माथि लैजाँदै छौँ ।
नेपालमा चार्जिङ पूर्वाधार अभावलाई समाधान गर्न सीजी मोटर्सले के योजना बनाएको छ ?
नेपालमा चार्जिङ पूर्वाधारको अभाव समाधान गर्न हामीले ३०० भन्दा बढी चार्जिङ स्टेशन थप स्थापना गर्ने योजना बनाएका छौँ । चार्जिङसँग सम्बन्धित कुनै पनि समस्या हामीले ब्याक एन्ड बाट निरन्तर अनुगमन गर्दै समाधान गरिरहेका छौँ ।
यो अटो शोपछि सीजी मोटर्सको आगामी वर्षका लागि के–के योजना हुनेछन् ?
यो अटो शोपछि हाम्रो आगामी वर्षका योजनाअन्तर्गत सेवासम्बन्धी सुधार, नयाँ उत्पादनहरूको प्रस्तुति, डिलर नेटवर्कको विस्तार, चार्जिङ इन्फ्रास्ट्रक्चरको विस्तार र ग्राहकलाई गाडी प्रत्यक्ष अनुभव गर्न सक्ने अझ धेरै टच एण्ड फिल इभेन्टहरू सञ्चालन गर्नेछौँ ।
नाडा अटो शो भिजिट गर्न आउनुहुने ग्राहकहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
पछिल्ला १७ वर्षदेखि निरन्तररूपमा आयोजना हुँदै आएको नेपालको सबैभन्दा ठूलो अटो शोमा हामी यही सन्देश दिन चाहान्छौँ, यो अटो शोलाई नयाँ उचाइमा पुर्याउँदै सफल आयोजनाको रूपमा अगाडि बढाऔँ । सीजी मोटर्सको साथमा यस इभेन्टलाई सफल बनाउन हामी सबै मिलेर अघि बढौँ ।
अन्य केही विषय वा प्रसङ्ग थप गर्न चाहानुहुन्छ ?
धेरै कुरा हामीले गरिसक्यौ त्यस्तो थप्नैपर्ने त केही छैन । तर, म अझै जोड दिएर भन्न चाहान्छु नाडा अटो शो भिजिट गर्न आउनुभएका सबैले सीजी मोटर्सका स्टलहरू अवलोकन गर्न नछुटाउनु होला । हामी एक्सपेङका लागि स्टल नं. ए–नाइन, आयोनका लागि स्टल नं. ए–टेन, रिडाराका लागि स्टल नं. बी–फाइभ, किङलोङका लागि स्टल नं. जे–टेन र हिरो मोटरसाइकलका लागि स्टल नं. टीडब्ल्यू–टू मा रहेका छौँ । हरेक दिन बिहान साढे १० देखि साँझ ७ बजेसम्म हाम्रा यी सबै स्टल खुला रहनेछन् भने हजुरहरूले साँझ साढे ६ बजेसम्म टिकट लिएर अवलोकन गर्न सक्नुहुनेछ ।
FACEBOOK COMMENTS