काठमाडौँ । बलिवुडका दिग्गज अभिनेता मिथुन चक्रवर्ती ७५ वर्षको उमेरमा पनि निरन्तर फिल्ममा सक्रिय छन् । यसैबीच मिथुन चक्रवर्तीको पाइपलाइनमा साउथ सुपरस्टार रजनीकान्तको फिल्म ‘जैलर २’ मा देखिने भएका छन् ।
मिथुन चक्रवर्तीले आफैले रजनीकान्तसँग फिल्म ‘जैलर २’ गर्ने कुराको आफैले पुष्टि गरेका छन् । रजनीकान्तसँगको आफ्नो मित्रता र सम्बन्धको बारेमा थप कुरा गर्दै मिथुनले भनेका छन्, रजनीकान्तसँग मेरो मित्रता धेरै पुरानो हो । हामी फरक भाषा र उद्योगबाट आएका हौं, तर सधैं हृदयबाट जोडिएका छौं । हालै हामी एक कार्यक्रममा भेट्यौं ।’
रजनीकान्तले ठट्टा गर्दै आफुलाई अब हामीले सँगै केही गर्नुपर्छ भन्नासाथ आफुले हुन्छ भनेको मिथुनले बताएका छन् । मिथुनले यस महिनाको २५ तारिखबाट फिल्मको छायांकन हुने बताएका छन् ।
रजनीकान्त र मिथुन चक्रवर्ती लगभग ३० वर्षपछि सँगै देखिने भएका छन् । दुवैलाई अन्तिम पटक १९९५ मा बंगाली भाषाको फिल्म ‘भाग्य देवता’मा सँगै देखाइएको थियो । यस फिल्ममा रजनीकान्तको विशेष उपस्थिति थियो र यो उनको एक मात्र बंगाली फिल्म पनि हो ।
यसअघि मिथुन र रजनीकान्त १९८९ को हिन्दी फिल्म भ्रष्टचारु मा सँगै देखिएका थिए । रमेश सिप्पी निर्देशित यस फिल्ममा यी दुई बाहेक रेखा, अनुपम खेर र रजा मुराद पनि मुख्य भूमिकामा देखिएका थिए । यस फिल्ममा रजनीकान्तको पनि विशेष भूमिका थियो । अब लगभग ३० वर्षपछि दुवै ‘जैलर २’ मा फेरि सँगै देखिनेछन् ।
FACEBOOK COMMENTS