वीरगंज । महानगरमा हैजा पुष्टि भएपछि जनचेतनाका लागि टोल टोलमा स्वास्थ्यकर्मीलाई खटाइएको छ ।
हैजा पुष्टि भएपछि सर्वसाधारणलाई कसरी हैजा बाट बच्ने भन्ने विषयमा जनचेतनाका प्रदान गर्न महानगरले स्वास्थ्यकर्मीलाई टोल टोलमा पठाएको हो ।
हाल बढ्दो खानेपानी तथा सरसफाईको कमीबाट उत्पन्न तथा प्रदूषित पानीको कारणले महानगरमा हैजा, झाडापखाला, कमलपित्त आदि जस्ता समस्या देखिएकोले उक्त रोगबाट बच्न सचेतना शिक्षा दिइएको महानगरले जानकारी गराएको हो । ।
स्वास्थ्यकर्मीहरुले पिउने पानीको धारा शौचालयभन्दा कमसेकम ५ फिटको दुरीमा राख्ने र हैजाको किटाणु, ईकोलाईबाट टाढा बस्ने, पानीलाई सकेसम्म उमालेर वा क्लोरिन मिलाएर पिउने, खाजा ,खाना खानु अगाडी ह्याण्ड वास ,सावुन पानी प्रयोग गरी राम्रोसँग हात मिचेर धुने जस्ता सचेतना स्थानीयलाई सिकाएको महानगरले जानकारी दिएको छ ।
वीरगञ्ज महानगरपालिकाका वडा नम्बर ११, १२, १३ र १६ का विभिन्न टोलमा झाडापखाला र हैजाका बिरामीहरू भेटिएको बताइएको छ । यसैबीच महानगरको शैक्षिक प्रशासन महाशाखाले विगत केही दिनदेखि बढ्दै गएको हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै भाद्र ८ र ९ गते गरि दुई दिनका लागि वीरगंज महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको जानकारी दिएको छ ।
त्यस्तै मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको निर्देशनपछि उपचार सेवा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका महाशाखा प्रमुख डा.विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरलाई वीरगन्ज पठाइएको बताइएको छ ।
FACEBOOK COMMENTS