काठमाडौँ । राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ भब्यताका साथ सम्पन्न भएको छ ।
युवामा उद्यमशीलता विकास, नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पु(याउने उद्देश्यले शनिबार राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ आयोजना गरिएको थियो ।
युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउनको लागि एक आदर्श प्लेटफर्मको रूपमा कन्क्लेभले कार्य गरेको आयोजक पक्षले जनाएको छ ।
राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिबार बिहानदेखि शुरु भएको कन्क्लेभमा करिब पाँच हजारभन्दा बढी विद्यार्थीको उपस्थिति रहेको थियो । कार्यक्रममा उद्यमशीलता, नेतृत्व र व्यवस्थापन सीप विकासबारे विभिन्न सत्रहरू सञ्चालन भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्यले राजनीतिक निराशा रहेपनि देशमै गर्न सकिने थुप्रै अवसरहरुबारे उपस्थित युवाहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।
बुबाको मुख हेर्ने दिनको शुभकामना दिँदै उहाँले हरेक दिन बुबा आमालाई पुज्नपर्ने बताउनुभयो । बुबाआमाको सबैभन्दा ठूलो सपना भनेको नै छोराछोरी भएको भन्दै उहाँले भन्नुभयो – “बुबाआमा भनेको संसारमा कोहीसँग पनि हार्न चाहँदैनन् ।
तर आफ्नो सन्तानले सधैँ जितोस् भन्ने चहान्छ । फार्दश डे, मदर्श डे एकदिन मनाएर मात्र पुग्दैन । हरेक जीवनभर फादर्श र मदर्श डे मनाइरहनुपर्छ ।”
कार्यक्रममा ‘केवाईसी युथ आइकन’ सम्मान भ्लगर तथा सञ्चारकर्मी सिसन बानियालाई प्रदान गरिएको थियो । बानियालाई अक्षरूपी एक लाख रुपियाँ सहित सम्मानित गरिएको थियो । डिजिटल मिडिया, चलचित्र निर्माण तथा फोटोग्राफीमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पु(याएको भन्दै आयोजकले उहाँको लगनशीलता र प्रतिबद्धताको प्रशंसा गरेका थिए ।
त्यस्तै, ‘गेष्ट अफ अनर’ को रुपमा एम।एम।ए खेलाडी रबिन्द्र ढाँटलाई सम्मान गरिएको थियो । ढाँटले हालै भारतमा आयोजित म्याट्रिक्स फाइट नाइट १७ मा उपाधि जित्दै पहिलो नेपाली फाइटर बन्ने ऐतिहासिक उपलब्धि हासिल गर्नुभएको थियो । उहाँको यो विजयलाई राष्ट्रिय गौरवका रूपमा प्रस्तुत गर्दै आयोजकले अनुशासन र संघर्षद्वारा सफलता सम्भव हुने सन्देश युवामाझ पुगेको कन्क्लेभका संयोजक राजु टण्डनले बताउनुभयो ।
यसैगरी, नेपाली कला र मनोरञ्जन क्षेत्रमा सक्रिय गायक दुर्गेश थापालाई ‘पर्फर्मर अफ द इयर’ सम्मान प्रदान गरिएको छ । गीत–संगीतमार्फत दर्शकको मन जित्दै नेपाली कला क्षेत्रमा निरन्तर योगदान दिइरहेको भन्दै उहाँको योगदानको उच्च कदर गरिएको संयोजक टण्डनको भनाई छ ।
‘काठमाडौं युथ कन्क्लेभ’ युनिभर्सल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट र आर्यन स्कूल अफ इन्जिनियरिङ तथा म्यानेजमेन्टको संयुक्त आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न भएको हो । युथ कन्क्लेभमा ख्यातिप्राप्त कलाकार, खेलाडी, लेखक, उद्यमी तथा सरोकारवालाहरूले आफ्ना अनुभव र प्रेरणादायी विचार प्रस्तुत गरेका थिए । गीत–संगीत, हास्यव्यंग्य, नृत्य र विद्यार्थीका प्रस्तुतिले सभाहललाई उत्साहमय बनाएको थियो ।
वि।स। २०७६ सालदेखि शुरु गरिएको कार्यक्रमको यो छैठौं संस्करण हो । यसलाई प्रत्येक वर्ष निरन्तरता दिइने आयोजकको भनाई छ ।
FACEBOOK COMMENTS