काठमाडौँ । चीनमा टेलिग्राम सामाजीक सञ्जालमा महिलाको गोप्य तस्बिर सार्वजनिक भएको छ ।
टेलिग्राममा चल्ने गोप्य च्यानल मास्क पार्क ट्रीहोल फोरममा हजारौं महिलाको गोप्य तस्बिर र भिडियोहरू सेयर गरिँएको घटना बाहिर आएको हो ।
सीएनएनका अनुसार, च्यानलमा १ लाखभन्दा बढी सदस्यहरू थिए ।
चीनमा फेसबुक, टिकटक, इन्ट्राग्राम जस्ता अन्य सामाजिक सञ्जाल चल्दैन तर टेलिग्राम भिपीएनमार्फत मात्र चलाउन सकिन्छ । पिडीत महिलाहरुलाई उनिहरुको गोप्य तस्बिर पठाए पछि उक्त घटना सार्वजनिक भएको हो ।
पीडितहरूमध्ये एक २० बर्षिय सुश्री डीका अनुसार, पूर्व प्रेमीले उनको निजी तस्बिरहरू लिक गरेका थिए । सुश्री डीले भने अनुसार एक अज्ञात व्यक्तिले प्रमाण पठाएपछि उनले यो कुरा थाहा पाइन् जब उनले यस च्यानलमा सुश्रीको सामाजिक सञ्जाल विवरणहरू र भिडियोहरू प्रसारित भइरहेको ति अज्ञात व्यक्तिले बताएका थिए ।
जब उनले पूर्व प्रेमीलाई सोधिन्, उनले ३ जनालाई तस्बिरहरू पठाएको स्वीकार गरे । पीडितले यो हर्कट घिनलाग्दो भएको बताएकि छिने ।
उनले भनिन्, ‘‘मानौं हामी बारम्बार मौखिक रूपमा बलात्कार भइरहेका छौं । ’’टेलिग्राममा महिलाहरूको तस्बिरसँगै, नाबालिगहरूको तस्बिर पनि पोस्ट गरिएको थियो।
सुश्री डीले यो कुरा गत महिना सामाजिक सञ्जालमा खुलासा भएको बताइन । त्यसपछि यो विषयले चिनको माहोल तताएको छ ।
ठूलो संख्यामा चिनियाँ महिलाहरूले अनलाइन अभियान सुरु गरेका छन् । उनिहरुले च्यानलको अनुसन्धान गरे र कानुनको दायरामा ल्याउन सरकारलाई दवाव दिएका छन् ।
त्यसैगरि ति महिलाहरुले नो इन्भेस्टिगेशन, नो किड्सु नामक अभियान चलाउदै यदि सरकारले अनुसन्धान गरेन भने, हाम्रा बच्चाहरू हुनेछैनन् भन्ने चेतावनी समेत दिएका छन् ।
यस घटना बाहिरिए पछि चिनियाँ सरकारले च्यानल मास्क पार्क ट्रीहोल फोरम अब बन्द गरेको छ । तर साना च्यानलहरू अझै पनि सञ्चालनमा छन् । चिनियाँ सरकारले अभियानका पोस्टहरू मेटाउन र म्यूट गर्न थालेको छ।
FACEBOOK COMMENTS