काठमाडौं । नक्कली सुनलाई सक्कली सुन भनी ठगी गरेको अभियोगमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका –१ टाक्सिण्डो बस्ने ३३ वर्षीय लाक्पा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका – २६ गोंगबुस्थित क्वालिटी क्याफेमा अवैध सुनको खरीद बिक्री भइरहेको बेला प्रहरीले लाक्पा शेर्पालाई पक्राउ गरेको हो ।
उक्त क्याफेमा अवैध सुनको खरीद बिक्री भइरहेको खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई सुन जस्तो देखिने धातु १ किलोग्राम सहित पक्राउ गरेको हो ।
साथै उक्त सुन जस्तो देखिने धातुको परीक्षण गर्दा सुन नभई सुन जस्तो देखिने धातु लाक्पाले विभिन्न व्यक्तिहरूलाई झुक्याएर गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।
शेर्पालाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
FACEBOOK COMMENTS