काठमाडौँ । प्रदर्शनकारीले घरमा आगो लगाउँदा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पत्नी रविलक्ष्मी चित्रकार जलेर गम्भीर घाइते भएकी छन् ।
खनाल निवास डल्लुमा जेनजी प्रदर्शनकारीले मंगलबार बिहान आगो लगाएका थिए ।
उनी घरभित्रै रहेका बेला प्रदर्शनकारीले आगो लगाएपछि गम्भीर घाइते भएपछि सेनाको अस्पताल लगिएको थियो ।
त्यहाँ उपचार नभएपछि कीर्तिपुरस्थित बर्न अस्पताल लगेर आइसियुमा राखिएको एकीकृत समाजवादीका नेता नरेश शाहीले जानकारी दिए । उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
FACEBOOK COMMENTS