जेनजी आन्दोलनका कारण बन्द भएका फिल्म हलहरू भोली सोमबारबाट खुल्ने भएका छन् । नेपाल चलचित्र संघको बैठकले हल खोल्ने निर्णय गरेको छ ।
अध्यक्ष नरेन्द्र महर्जनले भोलिबाट सबै फिल्म हल नियमित खुल्ने जानकारी दिए। काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण बन्द भएका फिल्म हल सोमबारबाट खुल्ने भएका छन् ।
नेपाल चलचित्र सङ्घको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । फिल्म हल सोमबार खोल्ने निर्णय गरेको चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले जानकारी दिए ।
‘भोलिबाट सबै फिल्म हल नियमित खोल्ने निर्णय भएको छ’, महर्जनले भने– ‘हल बन्द हुँदा लागेका फिल्म नै पहिले रिलिज हुनेछ ।’
FACEBOOK COMMENTS