काठमाडौं,साउन १२- छिमेकी देश भारतमा अहिलेसम्मकै धेरै कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै ५० हजार ५२५ जना संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा कोभिड–१९ कारण ७१५ जनाको मृत्यु भएको छ।
१० साउनमा भारतमा ४८ हजार ४७२ जना संक्रमित थपिएको भारतमा त्यसको अघिल्लो दिन ९ साउनमा ४८ हजार ८९२ जना संक्रमित थपिएका थिए। वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा जम्मा संक्रमितको संख्या १४ लाख ३६ हजार १९ पुगेको छ भने यसमध्ये ९ लाख १८ हजार ७३५ जना संक्रमणमुक्त भएका छन्।
भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३२ हजार ८१० छ। ४ लाख ८४ हजार ४७४ सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ।
FACEBOOK COMMENTS