काठमाडौं । जेनजी प्रदर्शनपछि रोकिएका सार्वजनिक सवारीसाधन सञ्चालन गरिने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकमा प्रदर्शनका कारण रोकिएका सार्वजनिक सवारीसाधनलाई देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय गरिएको हो ।
बैठकमा प्रदर्शनका कारण एक सातादेखि काठमाडौंसहित विभिन्न स्थानमा रोकिएका सार्वजनिक सवारीसाधनलाई देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।
दसैँ, तिहार छठ पर्व नजिकिएसँगै घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गर्न यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा यातायात व्यवसायी, मजदुर तथा ट्राफिक
प्रहरी रहनेगरी समिति गठन पनि गरिएको छ । समितिले सरोकार भएका निकायसँगको सहकार्य र समन्वयमा बैठक बसेर अग्रिम टिकट बुकिङ खुला गर्ने जनाएको छ । यसवर्ष असोज ६ गते घटस्थापना र १६ गते बडा दसैँ परेको छ ।
FACEBOOK COMMENTS