काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । सोमबार दिउँसो मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सोमबार शीतल निवासमा आयोजित एक समारोहका बिच पद तथा गोपनीयताको शपथ दिलाएका थिए ।
उनले पदभार ग्रहण गरेसँगै टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउनेबारे अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।
अर्थ मन्त्रालयमा लामो समय बिताएका खनालले केही समयअघि मात्रै उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको अध्यक्षको रूपमा केपी ओली सरकारलाई करिब ४५० पृष्ठको प्रतिवेदन बुझाएका थिए।
उनले अब त्यही प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी पाएका छन् ।
FACEBOOK COMMENTS