काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ ।
राष्ट्र बैंकका अनुसार चालु वर्षको पहिलो महिनामा उक्त रकम भित्रिएको हो । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.९ प्रतिशत धेरै हो ।
गत आवको सोही अवधिमा १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो । राष्ट्र साउनमा अन्तिम र पुनः श्रम स्वीकृति लिएर ६८ हजारभन्दा बढी नेपाली रोजगारीका लागि विदेशीएका छन् ।
FACEBOOK COMMENTS