काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना चालु खाता ७८ अर्ब १४ करोड रुपैयाँले बचतमा रहेको छ ।
गत आवको सोही अवधिमा चालु खाता ३३ अर्ब ८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा गत आवको सोही अवधिमा २५ करोडले बचतमा रहेको चालु खाता चालु आवको सोही अवधिमा ५६ करोडले बचतमा रहेको छ ।
चालु आवको पहिलो महिनामा खुद पुँजीगत ट्रान्सफर १ अर्ब ४ करोड रहेको छ । गत आवको सोही अवधिमा यस्तो ट्रान्सफर २२ करोड रहेको थियो । यो अवधिमा ६९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ ।
गत आवको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८० करोड रहेको थियो । यस्तै चालु आवको पहिलो महिनामा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६४ करोडले बचतमा रहेको छ ।
FACEBOOK COMMENTS