काठमाडौं । यस वर्ष विजयादशमीको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडादशैंको टीकाको साइत सार्वजनिक गरेको हो ।
यस वर्षको बडादसैं अर्थात् दुर्गा पक्षको सुरूआत भने असोज ६ गते सोमबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ।
त्यस दिन बिहान ९ बजेर १३ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
FACEBOOK COMMENTS