काठमाडौं । नेपालकै एक मात्र हरित टाइल उत्पादक प्राइम सिरामिकले शून्य कार्बन उत्सर्जनतर्फ थप कदम चालेको छ।
कम्पनीले रौतहटस्थित आफ्नो कारखानामा १.३ मेगावाट सौर्य ऊर्जा परियोजनाको स्थापनाको काम सुरु गरेको छ।
यस सौर्य ऊर्जा प्लान्टबाट वार्षिक १४ लाख युनिट स्वच्छ ऊर्जा उत्पादन हुने अपेक्षा गरिएको छ । जसले गर्दा करिब ८,००० टन कार्बन उत्सर्जन न्यूनीकरण हुनेछ र हरेक वर्ष २१,००० रुख बचत गर्ने बराबरको योगदान हुनेछ।
उत्पादित स्वच्छ ऊर्जा प्रत्यक्ष रुपमा टाइल उत्पादन प्रक्रियामा प्रयोग हुनेछ, जसले प्राइम टाइल्सको वातावरणीय योगदानलाई सबैभन्दा उच्च स्तरमा पुर्याउनेछ।
“दिगोपनासँग घर फर्कनुहोस् आफ्नो घरलाई प्राइम टाइल्सले सजाउनुहोस्। यस परियोजनाको कार्यान्वयनका लागि ८वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले डीकेटीआई कार्यक्रम अन्तर्गत वित्तीय सहयोग उपलब्ध गराएको छ।


