काठमाडौं । गैरनाफामूलक संस्था हामी नेपालका संयोजक सुदन गुरुङले आफूलाई कुनै समूहले पछ्याइरहेको दाबी गरेका छन् ।
इन्स्टाग्राममा एक भिडिओ साझा गर्दै उनले आफूलाई दुईवटा मोटरसाइकल र एउटा गाडीले पालैपालो पछ्याइरहेको बताएका छन् । आफूलाई पछ्याइरहेकोबारे प्रहरीलाई खबर गरिसकेको उनको भनाइ छ ।
पछिल्लो समय आफूमाथि विभिन्न खालका आरोपहरू लागिरहेको उल्लेख गर्दै उनले त्यसबाट निक्कै दबाबमा रहेको उल्लेख गरेका छन् । दबाब झेल्न सकिएन भने आफैले केही गर्ने सङ्केतसहितको चेतावनी पनि उनले भिडिओमार्फत दिएका छन् ।
‘अब यो तालले भएन, म ब्याक भएर मन्त्रीहरूलाई अगाडि बढाउनुपर्छ, राम्रो सक्षम मान्छेहरूलाई अगाडि बढाउनुपर्छ भनेर काम गरेँ हेप्न पो थाल्यो । अब त आफैं गएर ढ्याङढुङ पार्न पर्छ कि जस्तो लाग्न थाल्यो । मन्त्री बनौँ भने मन्त्रीका लागि लागि लडेको रहेछ यो मान्छे भनेर फेरि अर्को कुरा गर्लान् । यत्रो मान्छे मरेका छन् । केही त गर्दिनपर्यो भनेर अगाडि बढेँ,’ उनले भनेका छन्, ‘मलाई सिचुयशनले नेता बनायो के, सिचुयशनमा फसेर जबरजस्ती नेता बनेँ ।’
हेर्नुहोस् भिडिओ–
सम्पादकीय : जघन्य अपराध गर्नेहरूमाथि कारबाही कहिले हुन्छ सरकार ?
FACEBOOK COMMENTS