काठमाडौं । सत्ता परिवर्तनपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक नकारात्मक सर्किट लागेको छ ।
सर्किटसँगै शेयर कारोबार २० मिनेटका लागि स्थगित भएको छ ।
बजार खुलेको दुई मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत अर्थात् १०७.०४ अंकले घटेपछि स्वचालित प्रणालीअनुसार कारोबार रोकिएको छ हो ।
सर्किट लाग्नुअघि २०० स्टकको १ हजार ८५७ पटकको कारोबारमा १५ करोड ६६ लाख १६ हजार ९३७ रुपैयाँ ७० पैसा बराबरको ३ लाख ३४ हजार २७५ कित्ता शेयर कारोबार भएको छ ।
यो पनि पढ्नुहोस्–
जेन्जीले दलाल र भ्रष्टाचारीलाई बढारेपछि शेयरबजारमा नयाँ बिहानीको आशा
FACEBOOK COMMENTS