काठमाडौं । सत्ता परिवर्तनपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक दोस्रोपटक नकारात्मक सर्किट लागेको छ ।
सर्किटसँगै शेयर कारोबार ४० मिनेटका लागि स्थगित भएको छ ।
जेन्जी आन्दोलनले सत्ता परिवर्तन गरेपछि कारोबार खुलेको आज पहिलो दिन हो ।
नियमित बजार खुलेको दुई मिनेटमा नै नेप्से ४ प्रतिशत घटेपछि पहिलो नकारात्मक सर्किट ब्रेक लागेर शेयर कारोबार २० मिनेटका लागि स्थगित भएको थियो ।
११ बजेर २२ मिनेटमा खुलेको बजारमा गिरावटको क्रम नरोकिँदा एक मिनेटमै अर्थात् ११ बजेर २३ मिनेटमा पुन: सर्किट ब्रेकर लाग्यो । नेप्से ५ प्रतिशत घटेर दोस्रो नकारात्मक सर्किट ब्रेक लागेको हो । अब शेयर कारोबार ४० मिनेटपश्चात पुन: सुचारु हुने छ ।
यो पनि पढ्नुहोस्–
जेन्जीले दलाल र भ्रष्टाचारीलाई बढारेपछि शेयरबजारमा नयाँ बिहानीको आशा
FACEBOOK COMMENTS