काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा सोमबार सिंहदबारस्थित मन्त्रालयमा पदभार ग्रहणका क्रममा भावुक हुँदै भक्कानिएका छन् ।
देशमा सुशासन खोज्दा युवाले ज्यान दिनु परेको भन्दै उनी भक्कानिएका हुन् । सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा भदौ २३ र २४ को दृश्य झलझल्ती आएको बताए ।
उनले भने, ‘मैले त्यो फोटो र भिडियो देखेको छु, झलझल्ती आउँछ अहिले पनि, सर्वप्रथम म श्रद्धाञ्जली भन्न चाहन्छु ।’
साथै युवाहरुको वलिदान खेर जान नदिने बाचा पनि गरे । साथै युवालाई देशमै रोक्नका लागि रोजगारी सिर्जना गर्न आवस्यक रहेको बताउदै वैदेशिक रोजगारीमा गएका युवालाई पुन: त्यही पेसामा जान नपर्ने गरी सीप दिलाउने काम गर्ने उनले उल्लेख गरे ।
FACEBOOK COMMENTS