चितवन । मुग्लिन नारायणगढ सडक खण्ड दुई तर्फी संचालनमा आएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार साँझ साढे ५ बजेदेखि सडक दुईतर्फी संचालनमा आएको हो ।
आज दिउसो ३ बजेसम्म सवारी बन्द गरेर पहिरो हटाउने काम गरिएको भएपनि ढुंगा खस्ने क्रम जारी रहेकाले सडक खुलाउन समय लागेको थियो ।
कार्यालयले सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहेर सवारीसाधन चलाउन अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS