काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलानजिक पहिरो खसेको छ ।
उक्त सडकखण्डमा बुधबार बिहान सुख्खा पहिरो खसेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
कार्यालयका अनुसार पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
पहिरो सोर्ने काम जारी रहेको कार्यालयले जनाएको छ ।