काठमाडौं । फुलसर्कलले आयोजना गरेको संयुक्त पप–अप कर्निभल शनिबार सम्पन्न भएको छ ।
एकदिने यो कर्निभलले ललितपुरको सडकलाई उत्सवमय रङ्गभूमिमा परिवर्तन गर्नुका साथै सो अवसरमा एक हजार ५०० भन्दा बढी दर्शकहरुको सहभागिता रहेको जनाइएको छ ।
सहभागीहरूले यसलाई सामान्य पप–अप मार्केटभन्दा धेरै फरक र सांस्कृतिक महोत्सवजस्तै अनुभूति दिलाएको बताएका छन् ।
२५ भन्दा बढी स्टलहरूमा हस्तकलादेखि फेसन, खाना, वेलनेस, लाइफस्टाइल उत्पादनहरू प्रस्तुत गरिएको थियो । साथै, गेमिङ जोन र ब्रान्ड एक्टिभेसनले कर्निभललाई अझै आकर्षक बनाएको थियो । सहभागीहरूले किनमेल मात्र नभई प्रतियोगितामा प्रतिस्पर्धा गर्ने, फरक–फरक उत्पादनहरू अन्वेषण गर्ने र ब्रान्डहरूसँग नयाँ ढङ्गले जोडिन पाएको अनुभव बाडेका छन् ।
मुख्य प्रायोजक इनफिनिक्स स्मार्टफोन र सेन्टुरी स्पाइसेस एण्ड स्न्याक्स रहेका कर्निभललाई फुलसर्कलले व्यवस्थापन र क्युरेट गरेको हो । यसमा स्थानीय उद्यमशीलताको जोश र अन्तर्राष्ट्रिय ब्रान्डको नवप्रवर्तन एकै ठाउँमा मिसिएको देखियो ।
FACEBOOK COMMENTS