काठमाडौं । नेकपा माओवादी केन्द्रको भोलि बस्ने केन्द्रीय समिति बैठकले केन्द्रीय समिति भङ्ग गर्ने भएको छ ।
आज बुधबार बसेको स्थायी कमिटीको बैठकले विशेष महाधिवेशनमा जाने निर्णय गर्दै भोलिको बैठकका लागि एजेन्डा तय गरेको छ ।
त्यस अनुसार भोलिको बैठकले महाधिवेशनको मिति तय गर्ने छ । केन्द्रीय समिति भङ्ग गरेर संयोजक समितिको संयोजक अध्यक्ष प्रचण्डलाई नै तोक्न लागिएको एक नेताले जानकारी दिए ।
भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा भागाभाग भएको राजनीतिक दलहरूमाथि पछिल्लो समय नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको दबाब तीव्र छ । सोही दबाबको आधारमा माओवादीले आफ्नो केन्द्रीय समिति भङ्ग गरी महाधिवेशनमा जाने मनस्थिति बनाएको हो ।
यद्यपि, महाधिवेशन आयोजक समितिको संयोजक अध्यक्ष प्रचण्ड स्वयम् रहने रणनीतिले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका लागि माओवादीभित्र अझै ठूलो सकस पर्ने सम्भावना अझै जीवित राखिएको छ ।
FACEBOOK COMMENTS