काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
सभा प्रयोजनका लागि कम्पनीले असोज १२ देखि ३१ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले असोज ३१ गते ३४औँ वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले सभामा २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालकहरुको नियुक्त गर्ने लगायतका प्रस्ताव पेश गर्ने जनाएको छ ।
FACEBOOK COMMENTS