काठमाडौं । नेपाल जारी साफ यू-१७ पुरुष च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग पराजित भएको छ ।
बिहीबार राति सम्पन्न सेमिफाइनल खेलमा नेपाल भारतसँग ३-० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफ गोलरहित सकिएको खेलमा नेपालले तिनै गोल दोस्रो हाफमा खाएको थियो ।
योसँगै भारत फाइनलमा पुगेको छ । अब भारतले फाइनलमा बंगालादेशको सामना गर्ने भएको छ । बंगलादेशले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।
अब फाइनल खेल शनिबार हुने तालिका रहेको छ ।
FACEBOOK COMMENTS