काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य फेरी बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ७ सयले बढेर तोलाको २ लाख २३ हजार २ सयमा कारोबार भइरहेको छ ।
यस अघि शुक्रबार सुन तोलाको २ लाख २२ हजार ५ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७० रुपैयाँले बढेर २८१० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार चाँदी तोलाको २७४० मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS